पेट्रोलियम पाइपलाइनमा क्षति



काठमाडौँ । वीरगन्जमा निर्माण भइरहेको पेट्रोलियम पाइपलाइनमा ठेकेदारले स्काभेटर लगाएका छन् । विरगन्ज व्यापारिक सडक सुधार आयोजनाअन्तर्गत सडक विस्तारको क्रममा सपना निर्माण सेवाले सोमबार डोजर लगाएको हो ।

उक्त सडक खन्दा पाइप लाइनसँगै अप्टिकल फाइबरमा क्षति पुगेको हे । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार करिब ६ देखि ७ मिटरमा क्षति पुगेको छ ।

‘यो सोमबारको घटना हो । एक महिनाअघि अप्टिकल फाइबर काटिएको थिाये । अहिले पुनः सडक विस्तार भन्दै पाइप लाइनमा क्षति पुगेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

ताजा अपडेट