ढोरपाटनका मेयरको सिंहदरबारलाई हुंकार : भन्छन्, ‘मैले नै भष्टचार नगरेपछि तलकालाई सकस परेको छ’



काठमाडौँ । ढोरपाटन नगरपालिका– १ का मेयर देवकुमार नेपालीले ढोरापटन नगरपालिकालाई देशकै सबैभन्दा बढी सु शासन भएको नगरपालि नै ढोरपाटन रहेको बताएका छन् । सरकारले नै दलितका मुद्दालाई गौण ठानिरहेको बेला बागलुङ जिल्ला ढोरपाटन नगरपालिकाका मेयरले आफ्नो कार्यकालमा नगरपालिकालाई छुवाछुत मुक्त बनाउने घोषणा गरेका छन् ।

देशमा भौतिक विकासको कुरा गरेर मान्छेलाई छुट्याइने प्रवृत्ति बढीरहेको बेला दुरदराजमा आफ्नो नगरलाई छुवाछुत मुक्त बनाउने अठोट लिएका छन् । हरेक ठाउँमा विकासको लागि सुधार गर्नुपर्ने मुख्य आधार नै यहि रहेको बताउँदै आफुले आफ्नो नगरबाट सुरु गर्ने योजना बनाएको बताए । त्यतिमात्र हैन मेयर हुँदै सरकारले दिएको तलब भत्ता नलिने घोषणा गरेर चर्चामा आएका उनीले आफ्नो नगरमा रहेका खरको छानो भएको घरमा जस्ता फेर्ने बताएका छन् ।

यो भन्दा अगाडी नै उनले आफ्नो लगानीमा ५ सय दलित र गरिबको घरमा जस्ताको छानो हालिदिएको बताए । आफु एक दलितको छोरा भएपनि ढोरपाटन नगरपालिकालाई छुवाछुत र सुशासन युक्त नगरपालिका बनाउनेमा दृढ विश्वास रहेको बताएका छन् । उनले बिजुली बिहीन गाउँमा सोलार उपलब्ध घोषणा पनि गरेका छन् । ५८ जना शिक्षकलाई तलब दिएर राखेको, क्याम्पसमा २१ लाख ५ हजार रुपैयाँको अक्षयकोष निर्माण गरेको, प्रत्येक दलित बस्तीमा मोटरबाटो पुर्‍याइसकेका छन् ।

अब छिट्टै उत्तरगंगा जलविद्युत अयोजनाबाट बिजुली निकाल्ने र ढोरपाटन नगरवासीको मुहार फेरिनेमा आफु विस्वस्त रहेको बताएका छन् । उनी भन्छन्, ‘मलाई केहीले घेरा बन्दी गरेर राखेका छन् । मैले नै भष्टचार नगरेपछि अरुलाई सकस परेको छ । कतिपय फाइलमा म साइन गर्दिन, खान नपाएका धेरै साथीहरु रिसाउनुहुन्छ ।

यदि मैले भष्टचार गरेको प्रमाण देखाउनुहोस् भन्नुहोस् झुण्डिएर मर्न तयार छु ।’ उनले दलित समुदायलाई उत्प्रेरणा दिँदै भने आफुहरुमा कुनै कमी नभएको र आफुसँग भएको सम्पत्ति सबै दलित समुदायको भएको र उनीहरको हक हितको लागि रहेको बताए । उनले आफूहरुमा केही कुरामा कमी नभएको भन्दै दलितहरुलाई उत्प्रेरणा जगाए । उनले अझ चर्को स्वरमा भने, ‘मजहाँ छु तपाईहरु पनि यो ठाउँमा पुग्न सक्नुहुन्छ । मेरो सम्पत्ति पनि सम्पूर्ण दलित हो ।’

ताजा अपडेट