किन घट्छ बारम्बार ओम अस्पतालमा यस्तो घटना ? पत्थरीको अप्रेशन गर्न गएकी महिलाको मृत्यु भएपछि अस्पतालको अवस्था तनाव ग्रस्त



काठमाडौँ । पत्थरीको शल्यक्रिया गर्न चावहिलस्थित ओम अस्पताल पुगेकी ५० वर्षिय रामप्यारी थापा मगरको मृत्यु भएपछि उनका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

पित्तथैलीमा भएको पत्थरी अप्रेसन गर्दा आन्द्रा नै काटिएपछि सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की रामप्यारीको परिवारले अस्पताल परिसरमा नाराबाजी गरेर अस्पतालको अवस्था तनावग्रस्त बनाएका छन् ।

शुक्रबार अस्पताल भर्ना भएकी रामप्यारीको अप्रेशन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइएको र मलद्धारबाट निस्कने फोहोर शरिरभित्रै फैलिएपछि उनको मृत्यु भएको भन्दै परिवारले अप्पती जनाएका हुन् ।

मृतकको आफन्तले अस्पतालमा अन्दोलन गरेपछि अस्पताल प्रसानमा प्रहरीले सुरक्षा दिइरहेको बताइएको छ ।

ताजा अपडेट