१० महिने शिशुको घाँटी रेटी हत्या, झोलामा भेटियो शव



काठमाडौँ । अन्दाजी १० महिने शिशुको शव काठमाडौँ लाजिम्पाटको सांग्रिला होटल अगाडीको सडक किनारामा भेटिएको छ ।

घाँटी रेटी हत्या गरेको अवस्थामा फेला शिशुको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसले किन शिशुको हत्या गर्यो केही थाहा हुन सकेको छैन ।

ताजा अपडेट