काम गरेको पैसा माग्दा हथौडा र काठकोे चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ



काठमाडौँ । कामदारले पैसा माग्दा हथौडा र काठको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

रूपन्देहीको देवदह नगरपलिका १० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीले गत जेठ २७ गते पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत जेठ २६ गते साँझ राजेशले कामको पैसा माग्दै तथानाम बोलि बेज्जत गरेकाले लेखबहादुरले उनीमाथि हथौडा र काठको चिर्पट प्रहार गरेको अनुसन्धानमा खुल्न आएको प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकरी दिए ।

उनका अनुसार लेखबहादुरको आक्रमणबाट गम्भीर घाइते भएका राजेशको शव भीरकोट गरपालिका–१ स्थित मुल्की चौपारीमा फेला परेको थियो ।

उनलाई मृत अवस्थामा भेटेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालसहितको टोलीले घटनाका बारेमा अनुसन्धान थालेकोमा हत्या भएको पुष्टि गरेको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

ताजा अपडेट