ब्राउनसुगर सहित नागढुंगा र कलंकीबाट ४ जना पक्राउ



काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ।

प्रहरीले बिहीबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख २९४१ नम्बरको यात्रुबाहक सवारीसाधनलाई नागढुंगामा जाँच गर्दा ब्राउनसुगर सहित ४ जना पक्राउ परेका हुन्।

नेपालगञ्ज उपमहानगरपालिका–६ का रविन थापा र सोही उपमहानगरपालिका– १३ का विवेक बस्नेत ३२ दशमलव ६५ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

सोही घटनामा संलग्न बानेश्वर बस्ने नेपालगञ्जकै शशांक मल्ल र विशाल रञ्जितलाई पनि कलंकीबाट प्रहरीले पक्राउ गरेको छ।

ताजा अपडेट