बझाङ जिल्लाको आसपासमा भूकम्पको धक्का



काठमाडौँ । शुक्रवार मध्यान्न १२ बजेर २२ मिनेट जाँदा बझाङ आसपासका क्षेत्रहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्रबिन्दु बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि देशका विभिन्न ठाउँमा निरन्तर पराकम्पन महसुस गर्ने गरिएको भएता पनि शुक्रबारको धक्का फरक हो।

महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।

जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने विज्ञहरुले बताएका छन् । विज्ञहरुका अनुसार सोहि कारण लगातार धक्का महसुस गर्ने गरिएको हो।

ताजा अपडेट