महिला फुटबल प्रतियोगिता



काठमाडौँ । उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाँसगढी नगरपालिका र तुल्सीपुर उपमहानगरपालिकाबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा आज भएको खेलमा बाँसगढी र तुल्सीपुरले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । बाँसगढीका लागि पूजा राना मगर एक्लैले दुई गोल गरिन् ।

त्यस्तै तुल्सीपुरका लागि भने दीपा पुन मगर र ममता पुन मगरले एक–एक गोल गरे । यस खेलसँगै समूह ‘ए’ बाट बाँसगढी र तुल्सीपुरले समान एक÷एक अङ्क जोडेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको महिला फुटबल समितिले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १८ टोली सहभागी छन् । लिग कम नकआउटको आधारमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

त्यस्तै प्रतियोगितामा फेयर प्ले टोलीले रु ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले जनही रु दश हजार पाउने छन् । उक्त प्रतियोगिताअन्तर्गत भोलि तीन खेल हुनेछन् ।

पहिलो खेलमा वालिङ नगरपालिका र शम्भुनाथ नगरपालिकाबीच हुनेछन् भने दोस्रो खेल बाह्रबिसे नगरपािलका र गोदावरी नगरपालिका आमनेसामने हुनेछन् । त्यस्तै तेस्रो खेलमा चन्द्रपुर नगरपालिका र भिमेश्वर नगरपालिकाबीच हुनेछ । तीनै खेल हल्चोकस्थित एपिएफ मैदानमा हुनेछन् । रासस

ताजा अपडेट