images
images

भूकम्प पीडितलाई राहत र पुनःस्थापनामा सरकार गम्भीर : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेर उहाँले भूकम्पबाट भएको क्षति, घाइतेको अवस्था लगायतका विषयमा जानकारी लिनुभएको हो ।

प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै पीडितको साथमा सरकार रहेको भन्दै नआत्तिन आग्रह गर्नुभयो । उहाँले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल समेत गर्नुभएको छ । प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई राहतका लागि आवश्यक निर्णय गर्न भोलि बिहान मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परेर घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने बताउनु भएको छ् । स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरूको उपचारका लागि स्वास्थ्यकमी हरूको टोली घटनास्थल पठाई सकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले प्राकृतिक विपत्तिका बेला सरकारले उपचारमा कुनै कमी हुन नदिने बताउनुभयो