images
images

राष्ट्रपतिसमक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ।

मधेशी आयोगका अध्यक्ष विजयकुमार दत्त, महिला आयोगकी अध्यक्ष कमला पराजुली र समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले संविधानको धारा २९४ बमोजिम आ–आफ्नो आयोगको  आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।