प्रदेश २  सरकारको ५० प्रतिशत बजेट फ्रिज

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन ५, आइतबार  
प्रदेश २  सरकारको ५० प्रतिशत बजेट फ्रिज

काठमाडौँ । प्रदेश २ सरकारको ५० प्रतशित विकास बजेट फ्रिज भएको छ।

११ महिनासम्म विकास बजेट जम्मा २ अर्ब ९५ करोड ६८ लाख रुपैयाँ खर्च गरेको प्रदेश सरकारले असारमा ५ अर्ब ५० करोड ८५ लाख खर्चेको छ।  जस्मध्ये एक अर्ब रुपैयाँ असार ३१ गते निकासा गरेको हो।

असार ३१ मात्रै ३ हजारभन्दा बढी चेक काटेको प्रदेश २ का कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत मनोज झाले बताए। 

बढीजसो चेक भौतिक विकास तथा पूर्वाधार मन्त्रालय, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय र वन मन्त्रालयको रहेको उनले बताए। 

वर्षभरि कर्मचारी अभावको कारण देखाउँदै विकास बजेट खर्च गर्न नसकेको प्रदेश सरकारले असार महिनामा प्रत्याशित रकम खर्च गरेको पाइएको छ।

असारमा ५ अर्ब ५० करोड ८५ लाख खर्चे गरेको हो। आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा झन्डै १३ प्रतिशत मात्र विकास बजेट खर्च गरेको प्रदेश सरकारले एक महिनामा साढे पाँच अर्ब ८५ लाख रुपैँया खर्च गरेका प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर