काङ्ग्रेसका मुर्धन्य ब्यक्तित्व बिपि

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन ६, साेमबार  
काङ्ग्रेसका मुर्धन्य ब्यक्तित्व बिपि

विकास खनाल 

नेपाली काङ्ग्रेसका संस्थापक नेता बिश्वेश्वर प्रसाद कोइरालाको जन्म बि सं  १९७१ साल भदौ २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिब्या कोइरालाको कोखबाट भारतमा भएको हो ।

बि सं १९८६ सालमा चन्द्रशमसेरको निधन पश्चात् कोइराला परिवार स्वदेश फर्किए । जिवनभरि आन्दोलन नैँ आन्दोलन ,जेल , प्रवासको जीवन ,पञ्चायती दबाब ,अस्थिर परिवेश तथा राष्ट्रको अस्तित्व खतरा जस्ता अफ्ट्यारो परिवेशमा त्यसलाई सहज सरल र सुधार तथा समाधानको गति दिनुपर्ने बाध्यताको तत्कालीन समयमा बिपि मेलमिलापको निति लिएर देखा परेका थिए ।

यी सबै समस्याहरूलाइ पार लगाउन उनले गरेको नेतृत्वदायि भुमिका सफल रहेकै कारणले इतिहासमा सफल ब्यक्तित्वको रूपमा आफुलाइ उभ्याउन उनी  योग्य समेत  ठहरिए । जिवनमा बिचार वाणी र ब्यवहार तिनैँ तहमा आफुला दुरुस्त राख्नका लागि इमानदार प्रयत्न नैँ सफलताको कसि हो भन्ने दृष्टिकोण बोक्ने बिपि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन ।

कसैसँग झुक्ने तथा प्रजातन्त्रको बिरूद्दमा सम्झौता गर्ने भावना बिपिमा कहिल्यै आएन । विपि अत्यन्तै शाहसि , दुरदर्शि र मृत्युवाट समेत नडराउने राजनेता हुन । २०१७ साल पौस १ गते तत्कालीन राजा महेन्द्र द्वारा चालिएको शाही कदम पछि आफ्ना सहयोगी गणेशमान सिँह सहित थुनामा रहेका बिपि ८ बर्सको जेलजिवन पछि २०२५ साल कात्तिक १४ गते रिहा भएका थिए ।

त्यस अगाडि बिपि जेलमा रहँदा उनको अनुपस्थितिमा नेपाली काङ्ग्रेसको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका सुवर्ण समसेरले केही नरम निति लिएका थिए  । राजालाई भक्तिपुर्वक सहयोग गर्ने बक्तब्य दिँदा आलोचनामा परेका तथा आत्मसमर्पणको आरोप लागेपनि त्यही नरम नितिका कारण जेलमा रहेका तथा निर्वासमा रहेका नेताहरूलाई क्षमादान दिलाउनमा त्यसले सहयोग गर्यो ।

बिपि जेलबाट छुटेपछि सुवर्ण र बिपि २ जनाबिच कसरी अगाडि बढ्ने भन्नेमा बिवाद भयो । सुबर्णको नरम नितिमा बिपि सहमत हुन सकेनन् र ससस्त्र सँघर्षको आवश्यकता महसुस सँगै भारत पसे ।उनले  २०२९ सालबाट भारतमै बसेर ससस्त्र सङ्घर्स सन्चालन गरे । सघर्षको क्रममा बिराटनगर बम काण्ड ,विमान अपहरण काण्ड ,हरिपुर काण्ड लगायतका ठाउँमा साना ठुला घटना घट्न पुगे ,धेरैजनाले सहादत प्राप्त गरे ।

परिवर्तनको आवश्यकता महसुस गरि गरिएको सघर्षले सफलता पाउन नसक्ने जस्तो देखियो । सँघर्सकै समयमा राजा महेन्द्रको देहावसान र युवराज बिरेन्द्रको राज्याभिसेक सम्पन्न भयो । बिरेन्द्रबाट केही सुधार र परिवर्तन होला भनेर केही समय  बिपिले कुनै बिरोध र अबरोध गरेनन् । तर सुधारको सट्टा उल्टै काङ्ग्रेसलाई जनसम्पर्क बाट टाढा राख्ने र पञ्चायतलाई सुदृढ पार्ने काम गरियो ।

सुवर्ण शमशेरको सिफारिसमा श्रीभद्र शर्मालाई संविधान सुधार सुझाव आयोगको सदस्य बनाइएपनि त्यसले सहज वातावरण बनाउन सकेन । त्यसबेला नेपालमा मात्र नभै भारतमा पनि परिस्थिति असहज बन्दै गएका कारण भारतीय प्रधानमन्त्री इन्दिरा गान्धिले आपतकालिन स्थितिको घोषणा गरेकि थिइन। त्यसैबेला सिक्किमलाइ भारतमा गाभिएको थियोे भने बंगलादेश र पाकिस्तानमा समेत अस्थिरता बढेको अवस्था थियो ।

छिमेकी देशको अस्थिरताको असर एकातिर नेपालमा पर्यो भने अर्कोतिर बिपिलाई पनि भारतबाट आन्दोलन ( संघर्ष) चलाउन अफ्ट्यारो महसुस भयो । प्रजातन्त्र पुनर्स्थापनाको संघर्षकै बेला पञ्चायती पक्ष भने सुधारको सट्टा दमनको नितितर्फ उन्मुख भैरह्यो। देशको असहज परिस्थिति र रास्ट्रिय अस्तित्व संकटमा पर्ने खतरा बढिरहेका बेला बिपिले ससस्त्र संघर्ष को आन्दोलनलाइ परिवर्तन गर्ने बिचार सँगै मेलमिलापको निति अगाडि सारेर नेपाल फर्कने सोच बनाए ।

त्यसबेलाको परिस्थिति असहज भएको र विभिन्न गम्भीर मुद्दाहरू बिपिमाथि लगाइएकोले उनलाई नेपाल फर्कन सहज थिएन ,तैपनि सबै जोखिम उठाउँदै उनी नेपाल फर्के । भारतमा लामो समय सम्म बस्दा उनले भारतीय आन्दोलनलाइ समेत राम्रोसँग नियालिरहेका तथा अन्तर्राष्ट्रिय सम्पर्क समेत स्थापित गरेकाले बिपिलाइ बिस्वमाझ चिनाउन सजिलो भएको थियो ।राजालाई पञ्चायती निरङ्कुसता बाट प्रजातन्त्रको पक्षमा उभ्याउने उद्देश्यले अगाडि ल्याएको मेलमिलाप निति तथा प्रजातन्त्र प्राप्तिको लडाइँलाई उचाइमा पुर्याउन चनाखो भएर राजनीति गर्नुपर्ने उनले ठाने ।

यश हिसाबबाट उनले आफुलाइ देशभक्त र रास्टबादि नेताको रूपमा स्थापित गर्दै देशमा परेको असहज र जटिल परिस्थितिलाई समाधान गर्न हिँसात्मक आन्दोलन छोडि मेलमिलापको निति ल्याए । उनको यहि मेलमिलाप नितिलाइ सम्पूर्ण रास्टिय तथा अन्तर्राष्ट्रिय समुदायले उच्च मुल्यांकन गर्दै अहिले पनि उनिप्रति श्रद्धा र सम्मान अर्पण गर्दै यो दिवस विशेष दिवसका रूपमा मनाउँदै आएको छ ।

वि.स.२००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ साल बैशाखमा काठमाडौँमा भएको कांग्रेसको महाधिवेशनमा बिपि सभापति निर्वाचित भए । २०१५ सालमा बहुदलीय व्यवस्थामाआधारित संसद्को चुनावमा विराटनगर क्षेत्रबाट बी.पी. विजयी भई २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १गतेसम्म प्रधानमन्त्री रहे । २०२५ सालमा जेल मुक्तभएपछि भारत हुँदै युरोपमा उपचारका लागि उनी गए । २०३६ साल जेठ २५ गते जनमतसंग्रहको घोषणाका लागि झण्डै २ दशकपछि खुल्लामञ्चमा आए र त्यहीँ  सम्बोधन गरे ।

त्यसबेला उनलाई रोगले सतायो । २०३९ साल जेठ ८ मा देशवासीका नाममा ओछ्यानबाटै उनले मार्मिक सन्देश दिए ।  वीर अस्पतालबाट थाइल्याण्ड लगियो । २०३९ साल साउन ६ गते (स्वदेश फर्केपछि) उनको दुखद निधन भयो । त्यहि दिनको सम्झना स्वरूप नेपाली काङ्ग्रेसले हरेक बर्स आजको दिनमा बिविध कार्यक्रम गरि बिपि स्मृति दिवस मनाउँदै आएको छ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर