उज्यालो नेपालका नायक कुलमान :  जसले १०८ वर्षमा भएको विकास बराबर १ वर्षमै गरिदिए (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन ७, मङ्गलबार  
उज्यालो नेपालका नायक कुलमान  :  जसले १०८ वर्षमा भएको विकास बराबर १ वर्षमै गरिदिए (भिडियो सहित)

काठमाडौँ । नेपाली जनताका नायक भनेर चिनिएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १०८ वर्षमा भएको विकास बराबर एकै वर्षमा गरेपछि फेरि उनी चर्चामा आएका छन् ।

१८ घण्टा लोडसेडिङको भार बेहोरिरहेका नेपाली जनताको सामू लोडसेडिङ अत्य गरेपछि ३ करोड जनताको मनमा बस्न सफल भएका कुलमानले यो आर्थिक वर्षमा एक हजार ५ सय  मेगावट विद्युत उत्पादन गरेपछि उनको प्रसंशाले फेरि पनि चरम रुप लिएको छ ।

कुलमानको सक्रियतामा १०८ वर्षपछि यो वर्ष  उर्जा क्षेत्रले फड्को मारेको छ । एक वर्षमा भएको विद्युत उत्पादनले नेपामा ठूलो क्रान्ति हुनेछ ।  जसले नेपालको अर्थतन्त्रमा देशलाई आत्मनिर्भर बनाउने छ भने रोजगारको क्षेत्रमा पनि महत्वपूर्ण योग्दान पुग्नेछ ।

तत्कालीन शासक चन्द्र शम्शेरले वि.सं.१९६८ मा फर्पिङमा जलविद्युत केन्द्र स्थापना गरेर बेलायत र यूरोपबाट  उपकरण ल्याएर काठमाडौंको फर्पिङमा चन्द्रज्योति नहर बनाएर ५०० मेगावट विद्युत उत्पादन गरेका थिए ।

एसियाकै पहिलो नेपालको त्यो  जलविद्युत उत्पादनले त्यतिबेला मानिसहरुलाई चकित बनाएको थियो । पानीबाट पनि विद्युत निकस्ने भएपछि मानिसहरु हेर्नको लागि खुल्लमञ्चसम्म पुग्ने गर्थे । 

इतिहासको रुपमा सूचिकृत भएको फर्पिङ जलविद्युत केन्द्रलाई सरकाले संग्राहलयको रुपमा विकास गर्न थालेको छ । उर्ज जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले त्यसको कार्ययोजना बनाएर काम सुरु गरिरहेका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर