समानुपातिक समावेशी सिद्धान्त विपरीत प्रकाशन गरिएको लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने माग

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन ८, बुधबार  
समानुपातिक समावेशी सिद्धान्त विपरीत प्रकाशन गरिएको  लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने माग

काठमाडौँ । लोकसेवा आयोगको पछिल्लो विज्ञापनको विषयलाई लिएर गरिएको आन्दोलनका बारेमा सांसदहरुले राष्ट्रियसभाको आजको बैठकमा सरकारको स्पष्ट धारणा माग गरेका छन् ।

आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेपछि संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल सो विज्ञापन भएको भन्दै आदिवासी जनजाति र दलितका युवाहरुले आन्दोलन गर्दै आएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद खेमकुमार विश्वकर्माले संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत प्रकाशन गरिएको आयोगको विज्ञापन रद्द गर्नुपर्ने माग गरेका हुन् ।

उनले भने, “लोकसेवाले प्रकाशन गरेको विज्ञापनले आदिवासी जनजाति लगायतका समुदाय र सरकारबीचको दूरी बढ्दै गएकाले जतिसक्दो चाँडो समाधान खोज्न सरकारसँग माग गर्छु ।”  
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर