राष्ट्रपति भवनमा कलाकार सरोज खनालको अपमान, ट्वाइलेटको कमोडमा राखियो

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असार ३०, साेमबार  
राष्ट्रपति भवनमा कलाकार सरोज खनालको अपमान, ट्वाइलेटको कमोडमा राखियो

काठमाडौँ,३० असार । शुक्रवार राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोह नतिजाका कारणमात्रै नभएर कमजोर व्यवस्थापनका कारण पनि विवादमा तानिएको छ। 

०७३, ०७४ र ०७५ सालगरि तीन वर्षको अवार्ड एकैपल्ट बाँडिएको समारोहमा यसपाली सहभागीलाई ‘बोर’ नहोस् भनेर चलचित्र विकास बोर्डले पुरानादेखि नयाँ कलाकारसम्मको नृत्य प्रस्तुतिसमेत व्यवस्थापन गरेको थियो।

कलाकार सरोज खनाल आफ्नो नाच्ने पालो कुरिरहेका थिए । आयोजकको कमजोर व्यवस्थापनका कारण ट्वाइलेटको कमोडमा बसेर नाच्ने पालो कुर्नुपरेको तितो यथार्थ समेत उनले बाहिर ल्याएका छन् । राष्ट्रपति भवन अब उप्रान्त नेसनल फिल्म अवार्ड नहुनुपर्ने उनको तर्क छ। 

अवार्ड कार्यक्रममा सरोजसँगै गौरी मल्ल, रमेश उप्रेती, दिपिल रायमाझी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला के.सी., छुल्ठिम गुरुङ लगायत कलाकारले नाचेका थिए।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार