मनाङमा भेटियो  पर्यटकीय सम्भावना बोकेको रमणीय ताल (तस्वीर सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन ९, बिहीबार  
मनाङमा भेटियो  पर्यटकीय सम्भावना बोकेको रमणीय ताल (तस्वीर सहित)

काठमाडौँ । मनाङ जिल्लाको चामे गाउँपालिका वडा नं. ४ मा  पर्यकीय सम्भावनाले भरिपूर्ण रमणीय ताल फेला परेको छ ।

काजिन सारा लेकको खोजिमा रहेका  उक्त गाउँपालिकाका अध्याक्ष लोकेन्द्र ब. घलेको साथ निर्माण भएको समिति, नेपाल प्रहरी, नेपाल शसस्त्र गरी तयार भएको २९ जनाको टोलीले उक्त ताल फेला पारेको हो ।

साउन ७ गते फेला पारिएको ताल ५००२ मिटर उचाइमा रहेको टोलीले पुष्टि गरेको छ । निकै रमणिय स्थलमा रहेको ताल वरपर पहिला पहिला शिकारीहरु शिकार गर्न जाने गरेको र तालको वरपर  बहुमूल्य वस्तुरु समेत फेला पर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

उक्त तालको वरपर नावर, पित्त जस्ता अन्य जनावरहरुको बाक्लो हुल पनि देख्न सकिन्छ । तालको लम्बाइ १. ५ किमि रहेको र गहिराई नाप्ने उपकरणको अभावले गहिराई पत्ता लगाउन नसकेको जानकारी प्राप्त भएको छ ।

पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको त्यो ठाउँसम्म पुग्न सजिलो बाटो निर्माण भइ नसकेकाले सम्बन्धित निकायको ध्यान त्यसतर्फ चाँडै जान जरुरी रहेको छ ।

यदि उक्त ताल मापदण्ड भित्र परेको पुष्टि हुन सके संसारकै उच्च स्थानमा रहेको तिलिचो ताललाई समेत उछिन्ने देखिएको छ । उच्च पर्यटकीय सम्भावना बोकेको उक्त ताल संरक्षणमा सम्बन्धित निकायले त्यसतर्फ चाँडै पहल गर्नुपर्ने देखिएको छ । 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर