कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १३, साेमबार  
कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा ‘एसएलसीई’ कक्षा १२ को नतिजा सोमबार प्रकाशन गर्ने भएको छ ।

बोर्डले साँझ ५ः०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले बताए ।नतिजा प्रकाशनका लागि सोमबार बोर्ड बैठक बोलाइएको छ ।प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो ।

परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो । यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर