इन्डोनेसिया घुम्न गएका भारतीय पर्यटक होटलको सामान सहित रंगेहात पक्राउ (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १३, साेमबार  
इन्डोनेसिया घुम्न गएका भारतीय पर्यटक होटलको सामान सहित रंगेहात पक्राउ (भिडियो सहित)

काठमाडौँ । इन्डोनेसियाको बालीमा होटलको सामानसहित रंगेहात पक्राउ परेका भारतीय  पर्यटकको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

होटलबाट आएका एक व्यक्तिले परिवारसहित इन्डोनेसिया पुगेका परिवार बाहिर जाँदै गर्दा सामान स्क्यान गर्ने क्रममा होटलको सामान भेटिएको हो ।

भिडियोमा भारतीय परिवारका एक व्यक्ति होटलका स्टाफसँग बहस गरिरहेका छन् । तर होटलका स्टाफले आफ्नो कोठाबाट चोरी भएको सामान निकाल्न छोड्नन् । भारतीय पर्यटकको सुटकेसमा तौलिए, इलेक्ट्रोनिक्स, सजावटका टुक्राहरूसहित अन्य सामाग्री समेत रहेको थियो ।

ती मध्येकी एक महिलाले भने आफुहरु अप्ठयारो अवस्थामा परेको बताउँदै सामानको भुक्तानी गर्न चाहेको भिडियोमा देख्न सकिन्छ । ती महिलाले दुःख व्यक्त गर्दै उडान भर्न समस्या हुने भएकाले छोड्न आग्रह गरिरहेको देखिएको छ ।

होटलका अन्य सुरक्षकर्मीले पनि आफ्नो सामानको सुरक्षाको लागि काम गरिरहेका छन् । पर्यटक रहेका अर्का व्यक्तिले  म पैसा तिर्छु भन्दा पनि होटलका व्यक्तिले अस्किार गरेका छन् ।  हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर