भ्रष्टचारीलाई मृत्युदण्ड दिने कानुन बनाइ कार्यान्वयनमा ल्याउनुपर्ने सांसद सुवालको माग

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १४, मङ्गलबार  
भ्रष्टचारीलाई मृत्युदण्ड दिने कानुन बनाइ कार्यान्वयनमा ल्याउनुपर्ने सांसद सुवालको माग

काठमाडौँ । ठूला भ्रष्टचार काण्डमा मुछिएका व्यक्तिहरुलाई मृत्युदण्ड दिने कानुन बनाउन नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले माग गरेका छन् ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सूशासन समितिमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् । ३८ किलो सुन तस्करी र प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा हडपेको प्रसंङ्गलालाई अघि सार्दै सविधान संसोधन गरेरै भएपनि यस्ता भ्रष्टाचारीहरुलाई छोड्न नहुने बताए ।

दिनदिनै समाजमा यस्ता अपराधीक क्रियाकलाप बढ्दै गएकाले अपराधीलाई संविधान संशोधन गरेर मृत्युदण्ड  दिने व्यवस्था ल्याउन नसके अपराधिक क्रियाकलाप बढ्दै जाने बताए । उनले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने व्यावस्था सविधानमा लेखाइ कार्यान्वायनमा ल्याउन प्रधानमन्त्रीलाई राज्य व्यवस्था समिति मार्फत दवाब दिन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर