३३ किलो सुन प्रकरण : महावीर गोल्यानलाई १० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १७, शुक्रबार  
३३ किलो सुन प्रकरण : महावीर गोल्यानलाई १० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश

काठमाडौँ । सनम शाक्य हत्या प्रकरण र ३३ किलो सुनकाण्डमा सर्वोच्च अदालतले महाविर गोल्यानलाई धरौटीमा छोड्ने फैसला गरेको छ ।

उच्च अदालत विराटनगरले धरौटी रकम मागेका अभियुक्तहरुले मुद्दाको पुर्पपक्षका लागि साधारण तारिखमा बस्न पाउनुपर्ने मागसहित छुट्टै निवेदन दिएका थिए। 

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासले सुन प्रकरणमा मुछिएका व्यवसायी महावीर गोल्यानलाई १० लाख रुपैयाँ धरौटी रकम तोकेको छ। 

उनलाई उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सर्वोच्चको यो निर्णयसँगै ३३ किलो सुन प्रकरणमा मुछिएका ३१ अभियुक्तले थुना बाहिर बसेर मुद्दा लड्न पाउने भएका छन्।

उक्त प्रकरणमा आदेश गर्ने विराटनगर उच्च अदालतका सात न्यायाधीशमाथि न्यायपरिषद्ले छानबिनसमेत गरेको थियो। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर