शान्ति श्रीको तीज गीत फुलमती र चनमतीले जित्दैछ दर्शकको मन (भिडियो सहित)

सुशिला विश्वकर्मा ,
प्रकाशित: २०७६ साउन २०, साेमबार  
शान्ति श्रीको तीज गीत फुलमती र चनमतीले जित्दैछ दर्शकको मन (भिडियो सहित)

काठमाडौँ

मन दुखेरै होनी मलाई त्यसै कुरा आ छैन
अझै पनि जात र भातको सोचाइ हरा छैन
कला चल्छ, गला चल्छ मान्छे अछुत किन ?
जान्ने बुझ्नेहरुले नै पर्यो जवाफ दिन 

समय सन्दर्भ अनुसार गीतसंगीले  बजारमा छुट्टै चर्चा पाएको हुन्छ । बजारमा तिज गीतको लहर चल्दै गर्दा सुमधुर स्वरकी धनी गायिका शान्ति श्री परियारको गीत फुलमती चनमतीको चर्चा छुट्टै रहेको छ ।

समाजमा जातिय विभेदको समस्या बढ्दै गर्दा मौन रहेको सम्बन्धित निकायलाई समते उनको गीतले झस्काएको  छ । त्यस्तै दाइजोको कारण अकालमै ज्यान गुमाउन बाध्य भएका महिला दिदी बहिनीको मर्मलाई पनि शान्ति श्रीले आफ्नो गीतमा समेटेकी छन् ।

नेपाली लोकगीत संगीतको क्षेत्रमा शान्ति श्री कुनै नौलो नाम हैन् । यद्यपी उनको यो गीतले भने उनलाई थप चर्चा दिन सफल बनेको छ । सर्जक नेत्र अर्यालको शब्द सिर्जनामा रहेको सो गीतमा शान्ति श्री परियार, ज्ञानु परियार, र खेम सेन्चुरीको स्वर रहेको छ भने गीतलाई खेम सेन्चुरीले नै संगीत दिएका छन् ।

शिव बिकको निर्देशनमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोमा अन्जली अधिकारी र शान्ती श्री परियारले नै अभिनय गरेका छ्न । शान्ति श्रीले सो गीतलाई आफ्नै युट्युवबाट बजारमा ल्याएकी हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार