किन मनाइन्छ नाग पञ्चमी ? यस्तो छ नाग पञ्चमीको विशेष महत्व

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २०, साेमबार  
किन मनाइन्छ नाग पञ्चमी ? यस्तो छ नाग पञ्चमीको विशेष महत्व

विकास  खनाल 

काठमाडौँ । बैदिक परम्परा अनुसार आफ्नो घरको मुलद्वारमा पुजा गर्ने तथा नागको थान रहेको ठाउँहरूमा गई गाइको दुध चढाइ नागको पुजा गर्ने गरेमा शुभ हुन्छ भन्ने परम्परा छ ।

गाउँघर तिर खासगरी कुवा , पंधेरीहरूमा भएको नागको थानमा नागको पुजा गर्ने तथा खिर , रोटि पकाइ प्रशादको रूपमा चढाउने चलन रहेको पाइन्छ । त्यस्तै शहर बजारमा विभिन्न मन्दिर तथा नागको थान भएका ठाउँमा नागको पुजा गर्ने चलन रहिआएको पाईन्छ ।

नागको चित्रलाई घरको मुल ढोकामाथि टाँसी बिधिपुर्वक पुजा गरेमा त्यस घरमा लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको पाइन्छ । नागलाइ पानी र बसुको देवताको रूपमा पनि लिने गरिन्छ । यश दिनमा पुरोहितका साथै भानिज , ज्वाइँ , भिनाजु ,लगायत आफुले मान्ने ब्यक्तिहरू बाट पनि नाग टाँस्ने तथा पुजा गर्ने चलन छ ।

सनातन हिन्दुहरूले बैदिक काल अघि देखि गर्दै आएको नागको पुजा गर्ने प्रचलन अनुसार शेष नागमा सयन गरेका भगवान्को चित्र टाँसी पुजा गरेर नागलाइ खुसि बनाएमा चट्याङ , आगजनि , सर्प , बिच्छी तथा बज्रपात हुने डर एवं त्रास हट्ने धार्मिक बिस्वास रहेको छ । नागको फोटो टाँसी त्यसमा पुजा गर्दा दुवो , अछेता , गाइको दूध , सुपारी , पैसा , दही , सिन्दुर राखि गर्ने चलन छ ।

त्यसका साथै त्यसमा गाइको दुधको सात धारा दिएमा उक्त घरमा कुनै किसिमको बज्र नपर्ने धार्मिक बिश्वास रहिआएको छ । त्यस्तै बैज्ञानिक हिसाबमा हेर्दा नागको थान भएको ठाउँ वरिपरि दिसापिसाब गर्न , फोहोरमैला फाल्न नहुने र त्यस्तो गरेमा असुभ हुने भनाइ हरू पनि रहेको छ । यसले सरसफाइमा पनि सघाउ पुगेको देखिन्छ ।

पुराण हरूमा ८ प्रकारका अश्टकुल , वासुकि , तक्षक , कुलिर , कर्कट , शंख , पद्य , महापद्य , नागहरू रहेको बताइएको छ । पृथ्वीको बायुमण्डलमा कुन महिनामा प्रदुषण कता हुन्छ भन्ने मानिसले थाहा नपाउने तर सर्प तथा नागजातिले थाहा पाउँछन् भन्ने जनविश्वास पनि रहेको छ ।  आजकै दिनदेखि बर्षायाम समाप्त भै हिउँदयाम सुरु भएको मानिन्छ ।

आजकै दिनमा काठमाडौंको नागपोखरिमा मेला लाग्ने तथा ललितपुरको नागदहमा भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ । महाभारत, पुराण, स्वस्थानीजस्ता धार्मिक ग्रन्थमा हामीले मनाउने धेरै धार्मिक परम्पराहरूको छुट्टाछुट्टै भूमिका भएको बताइएको छ। नागपञ्चमी, शिवरात्रि, अक्षयतृतीया, तीज आदि चार्डपर्व यही परम्परागत नियमका धार्मिक संस्कार हुन्।

चार्डपर्वले अध्यात्मिक शरीरको वृद्धि र विकास गर्न सहयोग पुर्‍याउँछ। पञ्चमी तिथिमा नागको पूजाआजा गरिने भएकोले नागपञ्चमी भनिएको हो। नाग शब्दले धेरै अर्थ बुझाउँछ। माथिल्लो अंग महिला र तल्लो अंग नागको शरीर भएकोलाई धर्मशास्त्रमा नागनागिनी भनिन्छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो ।

वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर