मोदीको कडा कदम, जम्मु कश्मिरका विशेषाधिकार खोसिए

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २१, मङ्गलबार  
मोदीको कडा कदम, जम्मु कश्मिरका विशेषाधिकार  खोसिए

काठमाडौँ । भारत  प्रशासित जम्मु कश्मीर राज्यको विशेषाधीकार खारेज गर्ने भारतको निर्णयलाई पाकिस्तानले खतरनाक खेल भएको संज्ञा दिएको छ ।

 पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेशीले भारतीय कदमले उक्त क्षेत्रमा थप हिंसा भड्कने बताए । भारतले निकै खतरनाक खेल खेलेको छ ।  यसको असर पुरै खेल खेलेको छ । यसको असर पूरै क्षेत्रमा भयानक हुन सक्छ ।

हजका  लागि साउदी अरबको मक्का पुगेका कुरेशीले एक पाकिस्तानी टेलिभिजनमार्फत भनेका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मुद्दाको समाधान चाहे पनि भारतले थप जटिल बनाएको छ । कुरेशीले दाबी गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरेशराज जोशीले लेखेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर