‘मुसु मुसु हासी देउन लै लै, का गायक नोर्दे तेन्जिङको निधन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २१, मङ्गलबार  
‘मुसु मुसु हासी देउन लै लै, का गायक नोर्दे तेन्जिङको निधन

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा कमाएका गायक नोर्देन तेन्जिङको निधन भएको छ । 

हिमालयन ब्यान्डमा आबद्ध भएका तेन्जिङको  ६९ वर्षको उमेरमा सोमबार लन्डनमा निधन भएको हो।

हिमालयन ब्यान्डमा आवद्ध भएर  उनले ‘मुसु मुसु हासी देउन लै लै, कहाँ तिम्रो मायालुलाई छाडी राख्यौं, फर्कि हेरे मेरो जीवन, मलाई धेरै धेरै मायाँ चाहिन्छ’ भन्ने बोलका चर्चित गीत गाएका थिए।

‘गाजलुले आँखा छोप्ने’ भन्ने गीत गाएपछि उनी चर्चामा आएका हुन् । उनको जन्म भारतको खस्र्याङमा सन् १९५० मा भएको हो । उनलाई केहि वर्ष अगाडि घाँटीको क्यान्सर भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर