कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गायिका स्मीता दाहाल (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २१, मङ्गलबार  
कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गायिका स्मीता दाहाल (भिडियो सहित)

काठमाडौँ ।  गायिका स्मीता दहालले  ‘मायालु कता छौँ’ बोलको नयाँ गीत सार्वजनिक  गरेकी छन् । 

दिनेश थपलियाको शब्द  तथा संगीतमा रहेको गीतलाई  रहेको गीतलाई स्मीता दाहाल र राजनराज सिवाकोटीले स्वर भरेका  छन् भने उदयराज पौडेलले संगीत संयोजन गरेको सो गीतलाई श्याम सोहित रसाईलीले मिक्सींग गरेका हुन् ।

वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको  दृष्य समावेश गरिएको  म्युजिक भिडियोमा कार्टुन्ज क्रुुका सरोज र आश्मा विश्वकर्मालाई  देखिएको छ ।  सरोज ओली निर्देशनमा रहेको म्युजिक भिडियोमा गायिका स्मीता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् ।

राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो सञ्जय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर