पर्यटन ब्यबसायी संगठन नेपाल र पर्यटन मन्त्री भट्टराई बिच व्यापक छलफल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २१, मङ्गलबार  
पर्यटन ब्यबसायी संगठन नेपाल र पर्यटन मन्त्री भट्टराई बिच व्यापक छलफल

तत्कालीन पर्यटन ब्यबसायी संगठन नेपालका अध्यक्ष सिताराम सापकोटा लगायत टिमबाट माननिय सस्कृती,पर्यटन, तथा नागरीक उड्डयन मन्त्री योगेश भन्टराईज्यूलाई मन्त्रालयमा भेटघाट हुदाँ पर्यटकको गुणात्मक बृद्धीकोलागी आफुले गर्न पर्ने कार्यगत तथा नितिगत बिषयहरुमा सम्बन्धीत विभागहरूमा छलफल चलिरहेको जानकारी गर्दै यस संगठनबाट आवास्यक सुझाबहरु लिईने जानकारी गर्नु भयो।

यस संगठनका अध्यक्षले पर्यटन क्षेत्रलाई मजबुत र व्यापक बनाउन आवस्यक सुझाब दिदै सिजन र अफ सिजनमा कसरी र कुन कुन योजना र औजारहरु (अफरहरू) सम्बन्धीत निकायहरूबाट गर्न सकिन्छ , नेपालका भिजा छुटबाट केहि हुन सक्छ कि? र राष्ट्रीय गौरबका योजनाहरु मध्ये पोखरा ,लुम्बीनीलाई यथासिघ्र सुचारु गरि , निजगड बिमानस्थललाई पनि सिल्यानास र माननीय मन्त्रीज्यूकै कार्यक्रालमा सम्पन्न गर्ने योजना बनाई अघि बड्न र हाम्रो संगठनबाट कुनै सल्लाह सुझाब चाहिएमा , सदैब तयार भएको निवेदन गर्नु भयो !

यस संगठनका महासचिव राजेन्द्र सापकोटाज्यूले भ्रमण वर्ष २0२0 मा अनुभव र विभिन्न अन्य कारण वा योजना र ब्यवस्थापनले मुर्त रूप लिन नसकेकोले उत्त समयमा गर्दा सफल हुन गार्हो रहेकाले भम्रण वर्षलाई २0२1 मा गर्दा कस्तो रहला भनि सुझाब दिनुभयो , यस विषयमा माननीय पर्यटन मन्त्रीज्यूले पर्यटन सँग समद्ध ब्यबसायी सँग व्यापक छलफल गरी कसरी सफल पार्न सकिन्छ भेलाबाट राय, सुझाब लिईने जानकारी गर्नुभयो ! आजको बधाई तथा भेटघाट कार्यक्रममा ९o जना भन्दा बडी स्थापीथ पर्यटन ब्यबसायीहरुको सह्‌भागिता थियो । तत्कालीन पर्यटन ब्यबसायी संगठन नेपालका सचिप तथा प्रबक्ता (हरी भक्त श्रेष्ठ ) बाट जानकारी प्राप्त भएको !

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार