अख्तियारलाई छल्न घुस खानेले अपनाउन थाले नयाँ शैली 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २३, बिहीबार  
अख्तियारलाई छल्न घुस खानेले अपनाउन थाले नयाँ शैली 

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसनलाई तिब्र पारेको थाहा पाएपछि घुस लिने व्यक्तिहरुले नयाँ नयाँ उपायहरु अपनाउन थालेका छन् ।

घुस लेनदेन गर्ने कर्मचारीहरुले बिचौलियाहरुका साथसाथै दोस्रो व्यक्तिको प्रयोग गरेर खातामा पैसा राख्न लगाउने र लामो समयपछि भिक्ने गरेको पाइएको छ । नगदको साटो जिन्सी सामान लिएर पनि घुस रकम लिन गरेको अख्तियार अनुसन्धानबाट खुलेको छ ।

घुस रकम लिन गाह्रो पर्न थालेपछि बिलासीताका  वस्तुहरु संकलन गर्न थालेका छन् । सुरक्षाकर्मीको तर्फबाट टिपरहरुलाई वा अन्य कुनै व्यपारीक थलोबाट मासिक रुपमा रकम उठाउने गरेको पाइएको छ । एक  वर्षमा २ सय भन्दा बढी कर्मचारी घुस रकमसहित रंगेहात पक्राउ परेका थिए ।

पक्राउ परेको  व्यक्तिहरुबाट थप नयाँ शैली पनि पत्ता लागेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई मंगलबार नियन्त्रणमा लिएको छ ।

बिचौलियासँग मिलिमतोमा  कर्मचारीहरुले  अनियमितता गर्दै आएको अख्तियारको अध्ययनले देखाएको छ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार