कलाकार सरोज खनालको शौचालय फोटोसेसन नियोजित छ : चलचित्र विकास बोर्ड

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असार ३१, मङ्गलबार  
कलाकार सरोज खनालको शौचालय फोटोसेसन नियोजित छ : चलचित्र विकास बोर्ड

काठमाडौँ । सामाजिक सञ्जालमा निकै भाइरल भएको कलाकार सरोज खनालको शौचालयको कमोडमा बसेर लिइएको तस्वीर नियोजित भएको चलचित्र विकास बोर्डले स्पष्ट पारेको छ ।

शुक्रबार राष्ट्रपति भवन शितल निवासमा भएको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण कार्यक्रमको उक्त तस्वीरले अवार्ड नै विवादित बन्यो।

सोही विषयलाई लिएर सोमबार चलचित्र विकास बोर्डले एक विज्ञप्ती जारी गरेर तस्वीर नियोजित रुपमा खिचिएको उल्लेख गरिएको छ ।

राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सुट कुनै असुविधाको कारण नभएर नियोजित रुपमै खिचिएको विज्ञप्तीमा  उल्लेख गरिएको छ । शौचालयमा नै बस्नुपर्ने सम्मको असुविधा नभएको पनि बोर्डको ठहर छ ।

बोर्डले आयोजना गरेको  पुरस्कार वितरण कार्यक्रममा शितल निवासले कार्यक्रम हल उपलब्ध गराएको र राष्ट्रपति कार्यालयसँग कुनै सम्बन्ध नरहेको पनि विज्ञप्तीमा बताइएको छ । कार्यक्रम गर्दा कुनै गल्ती कमजोरी भएमा बोर्ड माफी माग्न तयार रहेको कुरा विज्ञप्तीमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार