कार्यशैली परिवर्तन नभएसम्म देशमा समृद्धि आउँदैन् : मुख्यमन्त्री पौडेल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २३, बिहीबार  
कार्यशैली परिवर्तन नभएसम्म देशमा समृद्धि आउँदैन् :  मुख्यमन्त्री पौडेल

काडमाडौँ । कार्यशैली परिवर्तन नभएसम्म देशमा समृद्धि नआउने प्रदेश ३ का मुख्‍यमन्त्री डोरमणि पौडेलले बताए । सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उनले भने, भाषणले मात्रै समृद्धि आउँदैन् । समृद्धिको लागि आधारपत्र तयार गरिसकेका छौँ केही समयभित्रै ३ नम्बर प्रदेश रूपान्तरणमा जान्छ । कृषि उत्पादनमा जोड दिएर केही वर्षपछि कृषि सामग्रीहरू निर्यात गर्न सकिने आधारहरु तयार गरेको उनको भनाइ  छ ।

 नेपाल उसै पनि कृषि प्रदान देश भएकाले माछा, मासु, अण्डामा आत्मानिर्भर बन्नु पर्नेमा जोड दिएका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार