यी हुन स्वस्थ जीवन बाँच्ने जीवनको तीन कडी : जसले  स्वस्थ र निरोगी बन्न मद्दत पुर्याउँछ 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २३, बिहीबार  
यी हुन स्वस्थ जीवन बाँच्ने जीवनको तीन कडी  :  जसले  स्वस्थ र निरोगी बन्न मद्दत पुर्याउँछ 

काठमाडौँ । हरेक व्यक्तिको चाहना हुन्छ जति बाँच्छौ त्यो समय स्वस्थ र तन्दुरुस्त बाँच्न पाइयोस् । तर नचाहँदा नचाहँदै व्यक्तिले जीवन जिउन हरेक कष्ट र यातना सहनु पर्ने हुन्छ । यद्यपी आज हामी तपाईहरुलाई स्वस्थ र निरोगी  बन्नको लागि अपनाउनुनपर्ने केही महत्वपूर्ण कुराहरुको बारेमा जानकारी दिन गइरहेको छौँ । 

हामी हाम्रो स्वास्थ्यप्रति निकै सजग हुने गर्छौ । हामी स्वास्थ्यलाई बलियो बनाउनको लागि पोषिलो र सन्तुलित भोजन मिलाएर खाने गर्छौ । अक्सर धेरै मानिस रोगमुक्त हुनको लागि योगा,ध्यान गर्नमा पनि व्यस्त हुने गर्छन् । यद्यपी यति गर्दागर्दै पनि कुनै समय हामी विभिन्न रोगको सिकार बन्ने गर्छौ । यस्तो अवस्थामा हामी भन्ने गर्छौ सबै कुरा मिलेकै छ । तर के कुरा पुगेन । स्वस्थ्य रहनको लागि शरिरलाई शुद्धिकरण गर्नु जरुरी  रहेको हुन्छ । त्यसको लागि शामीले खानपान, शारिरिक व्यायम, सोच र चिन्तनलाई सधै सकारात्मक राख्न सक्नुपर्छ ।

उचित आहार : शरीरका लागि उचित खानपानको छनौट गर्नुपर्छ । शरीरलाई आवश्यक पोषक तत्व भएको, सन्तुलित हुनु जरुरी रहेको हुन्छ । यद्यपी खानाकै कारण शरिर स्वस्थ र निरोगी हुन्छ भने खानपानकै कारण शरिरमा रोगका भण्डार थुप्रिएको हुन्छ । हामीले खाने कतिपय खाना विष पनि हुन सक्छ । खानपानको दैनिक तालिका पनि निर्धारण गरिएको छ ।

बिहानको खाना पर्याप्त र त्यसपछि क्रमस खानाको मात्रा घटाउँदै जानुपर्छ । सुत्नुभन्दा तीन घण्टा अघि भोजन गरेको उत्तम हुन्छ । यसरी सही खानपान गरियो भने शरीर निरोगी र जवान रहन्छ । शरीरभित्र अनावश्यक विकार जम्न पाउँदैन ।

उचित विहार : विहार अर्थात यात्रा ।उचित दिनचर्या भनेको हाम्रो उठ्ने, बस्ने, खाने, खेल्ने, काम गर्ने, विश्राम गर्ने उचित तालिका हो । प्रकृतिको लय अनुसार हामीले दिनचर्यालाई डोहोर्‍याउन सकेमा जीवन सुखी हुन्छ । विहान सूर्योदयअघि उठ्ने, योग, ध्यान, व्यायाम गर्ने, सही समयमा खानपान गर्ने, उचित शारीरिक श्रम गर्ने, सही समयमा विश्राम गर्ने । सन्तुलित, अनुशासित जीवनशैलीले हामीलाई सुखी राख्छ ।

उचित विचार : शरिरलाई स्वस्थ राख्नको लागि खानपान र दिनचर्या मात्र अनुशासित भएर पुग्दैन । मन पनि शुद्ध हुनुपर्छ । मन प्रफुल्ल, शान्त र सकारात्मक हुनुपर्छ । यसका लागि खराब विचार त्याग्नुपर्छ । दम्भ, इष्र्य, लोभ, कामवासना, अहंकार जस्ता विकार त्याग्नुपर्छ । सकारात्मक सोंच र चिन्तनले हामीलाई मानसिक रुपमा स्वस्थ्य बनाउँछ । मन र शरीरवीच आपसमा गहिरो सम्बन्ध हुन्छ । त्यसैले शरीरसँगै मनलाई शुद्धिकरण गरेर हामी निरोगी जीवन पाउन सक्छौं ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर