वर्षासँगै आएको बाढी पहिरोको कारण मकवानपुरका केही विद्यालय बन्द

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असार २९, आइतबार  
वर्षासँगै आएको बाढी पहिरोको कारण मकवानपुरका केही विद्यालय बन्द

काठमाडौँ । केही दिनदेखि निरन्तर परेको वर्षाको कारण बाढी पहिरो आएपछि मकवानपुरको केही ठाउँमा विद्यालयहरु बन्द  गरिएको छ ।

विद्यालय आउन जान समस्या देखिएपछि जिल्लाको भिमफेदी गाउँपालिकाका पुरै विद्यालय र हेटौंडा उपमहानगरपालिकाकाको ५ वडाका सम्पूर्ण विद्यालयहरु बन्दको घोषणा गरिएको हो ।

प्राकृतिक विपत्तीबाट बचुन भन्ने उदेश्यले यस क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरु ३ दिनका लागि पूर्ण रुपमा बन्द गरिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार