टी २० सिरिजको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल हङकङसँग

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २४, शुक्रबार  
टी २० सिरिजको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल हङकङसँग

काठमाडौँ । ५ देशको सहभागीतामा हुने टि २० क्रिकेट प्रतियोगितामा  नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ ।

ओमान क्रिकेट संघले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्नु पर्नेछ । तेस्रो खेलमा नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा नेपालको प्रतिद्वन्द्वी घरेलु टिम ओमान रहेको छ ।

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अगाडि हुने प्रतियोगिता ५ अक्टोबरबाट १० अक्टोबरसम्म हुनेछ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर