चीनको वेनलिङ क्षेत्र आँधी, २८ को मृत्यु, ३० लाखभन्दा बढी विस्थापित

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २६, आइतबार  
चीनको वेनलिङ क्षेत्र आँधी, २८ को मृत्यु, ३० लाखभन्दा बढी विस्थापित

एजेन्सी  । ताइवान र चीनको आर्थिक राजधानी साङघाइको बीचमा पर्ने वेनलिङ क्षेत्र आँधीसँगैको वर्षा र बाढी–पहिरोबाट २८ जनाको मृत्यु भएको छ ।  आँधिको कारण ३०  लाख भन्दा बढी मानिसहरु विस्थापित भएका छन् ।

आँधिसँगै आएको बाढी र पहिरो जाँदा १० जना भन्दा बढी मानिस हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।आँधीले विद्युत सेवा बन्द हुनुको साथै प्रभावित क्षेत्रका राजमार्गसमेत अवरुद्ध भएका छन् ।

त्यस्तै, रेल सेवा र हवाई उडानसमेत प्रतिकूल मौसमका कारण स्थगित भएका छन् । प्रभावित क्षेत्रका करिब १ हजार उडान स्थगित भएका छन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार