हदबन्दी बढीको जग्गा जफत गरिँदै

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २६, आइतबार  
हदबन्दी बढीको जग्गा जफत गरिँदै

काठमाडौँ । सरकारले मुलुकभर उद्योग प्रतिष्ठान शिक्षण संस्थान कम्पनी, संस्था या व्यक्तिको नाममा गैरकानुनी रुपमा लुकाएर राखेको हदबन्दी भन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ ।

भमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरकारका नाममा ल्याउन भूमि सम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गरेको छ । विधेयक प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा विचाराधिन छ ।

व्यक्ति या परिवारको नाममा लुकाएर राखिएको हदबन्दी भन्दा बढी जग्गा ३८ हजार ३ सय १९ रोपनी अर्थात २ हजार ८ सय ७८ बिघाभन्दा बढी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यन प्रतिवेदनमा छ ।

अख्तियारले २०७३ सालमा मुलुकभर रहेको भूमिसुधार कार्यालयहरु परिचालन गरी व्यक्ति या परिवारका नाममा लुकाएर राखिएको हदबन्दी बढी जग्गाको रिपोर्ट तयार गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर