लगानीमैत्री वातावरण निर्माण, नेपालको सुधार गति अग्रस्थानमा 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २६, आइतबार  
लगानीमैत्री वातावरण निर्माण, नेपालको सुधार गति अग्रस्थानमा 

काठमाडौँ । पछिल्लो ६ महिनामा लगानीमैत्री वातावरण निर्माण गर्नेमा नेपाल विश्वकै उत्कृष्ट मुलुकमा सूचिकृत भएको छ ।

विश्वभर वैदेशिक लगानी प्रर्वद्धनका लागी भइरहेको प्रयासमा पछिल्लो छ महिनामा नेपाल १सय ८६ राष्ट्रमध्ये पहिलो बनेको हो । विश्वव्यापी रुपमा बैकिङ  पुँजीबजार लगानी, विदेशी विनिमय क्षेत्रीय बजार लगायतको नियमित अध्ययन तथा सूचना प्रकाशन गर्ने संस्था युरोमनीको अध्ययनले यस्तो देखाएको हो ।

सन् २०१९ जनवरीदेखि जुनसम्मको अवस्था अध्ययनको आधारमा तयार गरिएको युरोमनी रिक्स सर्भेमा नेपालको प्रयास पाँच दशमलव पाँच अंक पाएर उत्कृष्ट स्थान हाँसिल गरेको हो ।

विस्तृत सर्वेक्षणका रुपमा गरिएको यो अध्ययनमा १८६ देश समेदिएको छ ।  यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार