हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २६, आइतबार  
हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले  हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने बताएका छन् ।

आइतबार राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आयोजना गरेको चालू आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धी गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । सबै प्रदेशको खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माण पनि हुने भएकाले सरकारले सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मन्त्री विश्वकर्माले बताए ।

उनले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिन पनि मातहतका सबै निकायलाई सुझाव दिएका छन् । विद्यालय तहदेखिने खेलकुद क्षेत्रमा विकास गर्न सरकार  लागि परेको  उनको भनाइ छ । अबको डेढ वर्ष भित्र गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने गरी आवश्यक योजना तय गरिरहेको बताए । 


 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर