नेपालमा न्युराे सर्जरी र यसको अवस्था

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २७, साेमबार  
नेपालमा न्युराे सर्जरी र यसको अवस्था

काठमाडौँ । डाक्टर उपेन्द्र देवकोटाको देवहसान पछि नेपालमा अब न्युरो सर्जरीको अबस्था के ? भन्ने विषय वस्तुको चर्चा हुन थालेको धेरै भैसकेको छ ।

एकाथरी  विद्धवान  र मिडियाहरु डाक्टर देवकोटाको देवहसान पछि न्युरो सर्जरीमा ठुलो भ्याकुम सिर्जना भएको र यसलाई पुर्णता दिन निकै समय लाग्ने बताइ रहेका छन् भने अर्को थरि मिडिया र अधिकांस डाक्टरहरु यो मान्न तयार छैनन् ।

उनीहरुको भनाइमा डाक्टर देवकोटाको देवहसानमा नेपालको न्युरो सर्जरी क्षेत्रमा अपुरणिय क्षति पक्कै पुगेको छ । तर मिडियामा आएजस्तो भ्याकुम चाहि होइन। आम मानिसको बुझाइ अलि फरक पाइयो।उनीहरुको बुझाई डाक्टर देवकोटा आफ्नो पेशामा त अब्बलनै हुन त्यसमा कुनै सङ्खानै छैन् ।

तर उनी यति धेरै चर्चामा आउनुको कारण यति मात्रै चाहि होइन। उनी डाक्टर वावुराम  भट्टराई र पण्डित नारायण पोख्रेलसँग जोडिनु र  उनीहरु एउटै कक्षाका सहपाठी हुन र दुबै चर्चित ब्यक्तित्व हुनु साथै  दरबार हत्या काण्डमा राज परिवार को उपचारको मौका पाउनु। मन्त्री बन्नु अझ गाउले केटो दिक्षित परिवारको ज्वाइ  बन्नु यावत कारणले पनि डाक्टर देवकोटा बढि चर्चामा रहेको बुझाइ छ।

बीर अस्पतालबाट सुरु भएको नेपालको न्युरो सर्जरी सेवा हरेक हिसाबले अब्बल हुँदै सम्पुर्ण देश भरि फैली सकेको छ।तर बीर आफै भने थलिएको छ। कुनै बेला न्युरो सर्जरीका  टप डाक्टरहरु  बाट सजियको यो अस्पताल आज कुनै राम्रो सर्जनको पर्खाइमा छ। कुनै बेला डाक्टर देवकोटा सहित डाक्टर गोपाल रमण शर्मा ,प्रकाश बिष्ट, पवन सुल्तनिया लगायतका  अब्बल डक्टरहरु यहि अस्पतालमा काम गर्दथे।

उनीहरु पनि प्राय आन्तै लागी सके। सुरुमा नेपालको न्युरो सर्जरीको सम्पूर्ण चाप बीर अस्पतालले नै थेगेको थियो भने करिब दश बर्ष देखि यसको चाप अनेत्र बाँडिन थालेको छ। हुनत पहिला न्युरोका डाक्टर पनि औलामा गन्ने थिए ।तर आज भोलि राजधानीमा न्युरो सर्जन नभएको अस्पताल नै छैन भन्दा अन्यथा नहोला।

चाहे फुलटाइमर हुन वा अनकल। दश बर्षको अन्तरालमा नेपालले न्युरो सर्जरीले धेरै ठुलो फड्को मारिसकेको छ।सिमित डाक्टर ,सिमित श्रोतसाधन र सिमित अस्पताल बाट सुरु भएको यो सर्जरीले आज सम्पूर्ण देश ढाकिसकेको छ।

अझ न्युरो सर्जरी मात्रैको पनि धेरै अस्पताल खुलिसकेका छन।न्युरो सर्जरीका डाक्टरहरु पनि ४०/५० को हाराहारीमा पुगिसकेका छन् । को कति अब्बल भनेर छुट्टाउन डाक्टरको कुशलता र क्षमतामा भरपर्ने कुरा हो। आधुनिक इक्युपमेन्टहरु पनि धेरै मात्रामा भित्री सकेका छन्। दुईचार बर्ष अघि सम्म पनि न्युरो सर्जरीका बिरामीहरु उपचार गर्न कि काठमाडौँ कि भारत कित पैसाबालहरु युरोप अमेरिका धाउदथे तर आज भोलि न्युरो सर्जरीका अधिकांश  सर्जरीहरु नेपालमै  सम्भव छन् र ति पनि दक्षता र इक्युपमेन्ट सहितका ।

संसारमै असम्भव मानिएका सफल सर्जरीहरु  नेपालमै भएका छन। काठमाडौँ मात्रै नभएर मोफसलमा पनि धेरै  अस्पताल र डाक्टर हरुले यो सुविधा दिरहेका छन् । विराटनगर र त्यसको आसपासका बिरामीलाई  न्युरो सर्जन डाक्टर यम बहादुर रोकाले सेवा दिएका छन् भने धरानमा डाक्टर चेरिनले दिएका छन् । त्यस्तै चितवनमा डाक्टर बालकृष्ण थापाले सेवा दिएका थिए। (हाल उनको निधन) भने बुटवलका युवा पुस्ताका चर्चित डाक्टर के आई सिह केसीले सेवा दिइरहेका छन।

साथै पोखरामा डाक्टर बालगोपाल कर्माचार्यले सेवा दिरहेका छन्।राजधानीमा भने हाल  नेपालका टप  न्युरो सर्जन गोपाल रमण शर्मा मेडिसिटी अस्पताल र दिर्घायु अस्पताल ,बसन्त पन्त अन्नपूर्ण न्युरो, प्रकाश बिष्ट  ह्यम्स,पबन सुल्तानियन नेपाल मेडिकल कलेजमा सेवा दिइरहेका छन् भने दोश्रो पुस्ताका गोपाल सेडाई, निलम खड्का ,अमित थापा लागायतका डाक्टर हरुले विभिन्न अस्पतालमा सेवा दिइरहेका छन्।

अन्त्यमा ,पक्कै पनि डाक्टर उपेन्द्र देवकोटा आफ्नो पेशा र सिपमा राम्रो दख्खल भएका डाक्टर  थिए उनको देवहासनले गर्दा नेपालको न्युरो सर्जरी सेवामा पक्कै पनि अपुरणिय क्षति पुगेको छ। डाक्टर देवकोटाले यो क्षत्रमा पुर्याउनु भएको योग्दानलाई कसैले भुल्न सक्ने छैन् ।

तर यो पनि के पक्का हो भने न्युरो सर्जरीमा डाक्टर देवकोटा निर्विकल्प भने थिएनन् ।विविध कारणले डाक्टर देवकोटा जस्तो चर्चामा आउन नसके पनि डाक्टर देवकोटा जस्तै पेशा र सिपमा धेरै राम्रो दख्खल भएका न्युरो सर्जनको कमि भने नेपालमा छैन् । त्यहि बराबर र त्यो भन्दा बढी सेवाहरु दिइरहेका  छन्।

नेपालमा राजधानी लगायत विभिन्न स्थानमा बिमारीहरुले हाल पाएको न्युरो सर्जरी सेवाहरुलाई  हेर्न केलाउने हो भने पनि डाक्टर देवकोटाको अभाव त पक्कै महशुस  हुने छ तर आम  न्युरो बिरामीले पाउने न्युरो सर्जरी सेवामा भने भ्याकुमको अवस्था रहने छैन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार