आज गुरु पुर्णिमा एवं ब्यास जयन्ती भगवान

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असार ३१, मङ्गलबार  
आज  गुरु पुर्णिमा एवं ब्यास जयन्ती भगवान

आज गुरु पुर्णिमा एवं ब्यास जयन्ती भगवान बेदब्यास गुरूहरूकाे पनि गुरु मानिनुहुन्छ ।

हाम्रो सनातन हिन्दु धर्ममा गुरूकाे महत्त्व अनाैठाे र अनुपम छ । "गु" काे अर्थ हाे अन्धकार एवं "रू" काे अर्थ हाे प्रकाश । अज्ञानलाई हटाएर ज्ञान दिनेलाई नै गुरु भनिन्छ र गुरूपुर्णिमा लाई नै बेदब्यास जयन्तीको रूपमा मनाइन्छ ।

याे हिन्दु धर्मावलम्बीको एक पर्व पनि हाे । ब्यासकाे जन्म द्दिप ( टापु ) मा भएको हाे । यसैबाट उहाँको नाम द्वैपायन भयो । तनहुँकाे दमाैलिमा बेदब्यासकाे जन्म भएको कारण दमाैलि धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा अगाडि बढ्ने प्रयास स्वरूप १०८ फिट अग्लो मुर्ति बनाउने अभियानमा छ , ब्यास जयन्ती एवं गुरु पुर्णिमा भएकैले यश दिन शिष्य तथा चेलाहरूले आफ्ना गुरूहरूलाइ आदर र सम्मान गर्ने परम्परा रहेको छ ।

आजकाे दिनमा दमाैलीमा ब्यास क्षेत्रबाट साँस्कृतिक झाँकि सहित र्यालि निस्केर दमाैलि बजारको परिक्रमा गरिन्छ । विभिन्न धार्मिक तथा आध्यात्मिक संघसंस्था , ब्यास नगरपालिका , साधक परिवार लगायतकाे उपस्थितिमा ब्यास क्षेत्र बिकास समितिकाे आयाेजनामा यहाँ हरेक बर्ष विभिन्न कार्यक्रमहरू गरिँदै आएकाे छ ।

ब्यासकाे नामबाट यहाँ विभिन्न क्लव , संघसंस्था , बिद्यालय , नगरपालिका खुल्दै गएकोले यसको महत्त्व कति रहेछ भन्ने दर्साउँदा दर्साउँदै पनि ती खुलेका संस्थाहरूले ब्यासकाे बारेमा बृहत रूपमा प्रचारप्रसार गर्ने काम भने गरिरहेका छैनन् । यहाँ औपचारिकता कै लागि कार्यक्रम गर्ने भन्दापनि यश ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा बिकास गर्नका लागि ब्यास जयन्ती मनाउनु पर्ने देखिन्छ ।

भगवान बेदब्यासकाे महिमा अगाध भएकैले पुर्वीया साहित्यमा ब्यासलाइ निकै सम्मान र आदर गरिन्छ । सारा संसारकाे ज्ञान उहाँकै ज्ञानबाट प्रकाशित छ । बिद्धताकाे पराकाष्ठा , भक्तिकाे आचार्य , ज्ञानको असिम , अनन्त परमात्मा तत्वहरूकाे ज्ञान जस्ता कारणले नै ब्यासलाइ संसारकै परमगुरू मानिएको हाे ।

गुरूले परमेश्वरकाे साक्ष्यातकार गराएर शिष्यलाई जन्ममरणकाे बन्धन बाट मुक्त गर्नुभएको ले संसारमा गुरूकाे स्थानकाे बिशेष महत्त्व भएको हाे । मानिसको जीवन अनेकौं अभाव , तनावबाट दलदलमा फसेको चाेला हाे । यसलाई माथि उठाउन हरियाली बनाउन र तनाब बाट मुक्त गराइ जिवनमा सान्ति ल्याउने काम उहाँ गुरूवाटै पाउन सक्छौं । गुरूबिनाकाे जीवन अन्धकार र अनिश्चय हुन्छ , त्यसैले साक्षात भगवान नै गुरु हुनुहुन्छ भन्ने ठानि गुरूकाे पुजा गर्नु श्रेयस्कर हुन्छ ।

जसरी कुनै पनि बगैंचालाई सुन्दर बनाउन एउटा कुशल मालिकाे आबस्यकता पर्छ त्यसरी नै शिष्यहरूकाे मस्तिष्क रूपि बगैंचालाई सुन्दर बनाउन गुरूकाे आबस्यकता पर्छ । गुरूब्रम्हा , गुरूबिष्णु गुरूदेवाे महेश्वर , गुरु साक्षात परब्रम्हा तस्मै श्री गुरूवे नम , भएकोले हाम्रो जिवनकाे पाइलामा गुरूकाे आबस्यकता पर्दछ ।

त्यसैले त परमात्मा परमेश्वरले हाम्रो जन्म अगाडि नै माता पिता गृहस्थ गुरूकाे ब्यबस्था गरेर सम्पूर्ण सुख सुविधाका साथै सद्ज्ञानकाे मार्गमा अनुकुलता प्रदान गरेको पाइन्छ । ब्यास जयन्ती एवं गुरु पुर्णिमा भब्य रूपमा मनाउँदै गर्दा हामीले के चाहिँ जानिराख्नुपर्छ भने ४ बेद १८ पुराण का रचयिता दिव्य शक्तिले सम्पन्न महापुरूष एवं महाकवि महर्षि बेदब्यासकाे जन्म सन्दर्भ महाभारतमा यसरी उल्लेख छ । एकदिन महर्षि परासर तिर्थयात्रा गर्ने उद्देश्यले घुम्दै यमुना नदि किनारमा पुग्नुहुँदा त्यहाँ आखा पुग्याे जहाँ साैन्दर्य रूपि सर्वाङ्ग सुन्दरी मत्स्यगन्धा डुंगा सँग खेलिरहेको समय थियो ।

साैन्दर्यरूपि मत्स्यगन्धा लाई देख्ने बित्तिकै पराशर ऋषिमा काम भावनाले उत्तेजना बढ्दै गयाे र कुमारी मत्स्यगन्धाकाे नजिकै नसालु आखा पारेर कामुक वाणी प्रकट गर्दा मत्स्यगन्धा लाजले भुतुक्क भइन र भनिन् , वरिपरि धेरै मानिस हरू भएको र आफु कुमारी नै रहेको तथा पिताको समेत अधिनमा रहेकोले दिउँसै याे काम सम्भव नभएको प्रकट गर्दा पराशर ऋषिले तत्कालै त्यहाँको परदेश नै ढाक्ने गरि कुहिराेकाे सृष्टि गरि काम पूरा गर्नुभयो र तत्कालै भगवान बेदब्यासकाे जन्म भयो भन्ने उल्लेख छ । यस्तो महान ब्यक्तिकाे जन्मजयन्ति मनाउन एवं यश ठाउँ लाई बिश्व माझ चिनाउन हामी दमाैलि सँगै सिङ्गो तनहुँ बासि एकजुट भइ लाग्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर