राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको छ : अध्यक्ष प्रचण्ड

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २७, साेमबार  
राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले मुस्लिम धर्मावलम्बीहरुलाई  इद–उल–अजर्हा ‘बकर इद’ को शुभकामना दिएका छन् ।

‘बकर इद’ को शुभकामना स्वरुप एक विज्ञप्ती जारी गर्दै नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विभिन्न धार्मिक समुदायहरुको साझा भूमि  भएको बताउँदै देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान भएको उल्लेख गरेका छन् ।

उनले नेपाली जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको बताएका छन् । पुराना सोच, संरचना, मुल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मुल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न आव्हान गर्दै यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु’, भन्दै शुभकामना दिएका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर