नेपाल भ्रमण वर्ष २०२० को तयारीमा हामी कहाँ छौँ, कता बढ्दै छौँ ? कसरी पार्ने सफल ?

शिशिर खनाल ,
प्रकाशित: २०७६ साउन २७, साेमबार  
नेपाल भ्रमण वर्ष २०२० को तयारीमा हामी कहाँ छौँ, कता बढ्दै छौँ ? कसरी पार्ने सफल ?

काठमाडौँ । नेपाल भ्रमण वर्ष मनाउने तयारीको अन्तिम चरणमा हुनुपर्ने बेला हामी सुरुवातमै रहेक छौँ । यतिबेला देश विदेशमा भ्रमण वर्षको प्रचार प्रसार भइसक्नुपर्ने हो । तर हामी हुन्छ की हुँदैन् भन्ने कुराको दोधारमा छौँ ।

भ्रमण वर्षको लागि अत्यावश्यक पूर्णनिर्माण तथा पूर्वाधार  तयार भैसक्नुपर्ने हो । तर यतिबेला सम्म पनि यहाँ केही देखिएको छैन् । पर्यटन प्रवद्धनलाई लिएर विशेष कार्यक्रम हुनुपर्ने तर कहीँ कतै नयाँ कार्यक्रम भएका छैनन् ।

पर्यटकहरुको लागि भिषा छुट हुनपर्ने हो तर  सबैको मूल्य वृद्धि भइरहेको छ । भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्र लाइ सँगसँगै उत्तरदायी बनाउनु पर्ने तर निजी र सरकार दुई भिन्न बाटोमा हिडिरहेका छन् ।

अब यसरी भ्रमण वर्ष सफल पार्ने

२०२०लाइ भ्रमण वर्षको शुभारम्भ वर्ष घोषणा गरि २०२५ मा २५ लाख पर्यटन भित्राउने लक्ष्य राखि अगाडी बढ्नुपर्छ । 

-पर्यटन क्षेत्रलाइ उद्योगको मान्यता दिइ उद्योग सरह व्यवहार गर्नु पर्छ । 

-पूनः र्निर्माण तथा पूर्वाधार पूर्ण तयार हुनु पर्छ । 

-नयाँ तथा नविन क्षेत्र को विशेष जोड गरि योजना बनाउनु पर्छ । 

-भ्रमण वर्षभर विशेष कार्यक्रम तथा छुट हुनुपर्छ । 

-निजी क्षेत्र तथा सरकार बिच विशेष समन्वयन हुनु पर्छ । 

-सहज तथा लगानी मैत्री कानुन निर्माण हुनु पर्छ । 

-निजी क्षेत्र ले अपनत्व लिनु पर्छ । 

(शिशिर खनाल नाराको कोषाध्यक्ष तथा युवा पर्यटन व्यवसायी)

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर