समृद्धिको अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रमा परिवर्तन हुनुपर्छ : अध्यक्ष दाहाल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २७, साेमबार  
समृद्धिको अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रमा परिवर्तन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

दाहालले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको दाबी गरे । शैक्षिक क्षेत्रको सुधारका लागि उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई प्रतिवेदन बुझाएर महत्वपूर्ण योगदान पुर्याएको उनले बताए । उनले समृद्धिको यात्रालाई सार्थक बनाउन शैक्षिक क्षेत्रमा सुधार गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे ।

काठमाडौंमा सोमबार आयोजित ‘१५ औं राष्ट्रिय शैक्षिक अवार्ड’ विवरण कार्यक्रममा बोल्दै उनले जनताको जीवनसँग जोडिने गरी मुलुकको शैक्षिक क्षेत्रको सुधार नगरे मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प कल्पनामा मात्रै सीमित हुने उल्लेख गरे । 

विकसित देशहरुले पनि शिक्षालाई उच्च प्राथमिकता दिएको उदाहरण दिँदै उनले नेपालजस्तो अल्पविकसित मुलुकले समृद्धिको अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रमा व्यापक परिवर्तन हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर