पर्यटकको राेजाइमा पर्दै ब्यासगुफा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार  
पर्यटकको राेजाइमा पर्दै ब्यासगुफा

४ बेद १८ पुराणका रचयिता महर्षि बेदब्यासको जन्मभुमि ब्यासगुफा लाई बिस्वभर चिनाउन यतिबेला विभिन्न सँघसँस्था लागिपरेका छन । तनहुँको सदरमुकाम दमौली बजार छेउको ब्यास गुफा ओझेलमा पर्दै गएको र यहाँको उचित प्रचारप्रसार हुन नसकेको भन्दै यहाँका स्थानीय सँघसँस्थाहरू सक्रिय हुन थालेका हुन ।

ब्यास गुफालाइ बिश्वभर चिनाउन ब्यास क्षेत्र बिकास कोष , ब्यास क्षेत्र शिव पञ्चायन मन्दिर संरक्षण समिति , ब्यास नगरपालिका , तनहुँ उद्योग बाणिज्य सँघ , क्षेत्रीय होटल सँघ , पर्यटन बिकास समिति ,  विभिन्न क्लव  तथा बेद अनुयायी प्रतिस्ठान लगायतका सँघसँस्थाहरू लागिरहेका छन । एतिहासिक ब्यास गुफाको  बिकासको लागि १०८ फुट अग्लो ब्यासको पुर्ण कदको शालिक राख्ने तयारी स्वरूप गत साता मात्रै शालिक निर्माण समिति समेत गठन गरिसकेको छ ।

करिव ६० करोड भन्दा बढिको लागतमा ब्याशको सालिक सहितको गुरूयोजना निर्माण गर्ने कार्य तिब्र गतिमा अगाडि बढाइएको ब्यासका अध्येता काशीनाथ न्यौपानेले बताए । अहिले यहाँ घुम्न आउने पर्यटकहरू लाई ब्यास गुफा , महर्षि बेदब्यास र ब्याशका पिता पराशर आश्रम , संस्कृत गुरूकुल , सुन्दर गार्डेन , ब्यास झुला र पन्चमन्दिरको अबलोकन गराउने गरिएको छ । ब्यास क्षेत्रमा अन्न क्षेत्र , गौशला , क्रियापुत्रि भवन , प्रतिक्षालय र सितल चौतारि रहेका छन ।

अत्यन्तै रमणिय धार्मिक एवं पर्यटकीय स्थल लाई बिश्व माझ चिनाउन भन्दै गतसाल १८ महिने अखण्ड हरिनाम संकिर्तन सन्चालन समेत गरिसकिएको छ र त्यस समयमा झण्डै ३ लाख भन्दा बढी स्वदेशी तथा बिदेशी पर्यटकहरू भित्र्याउन सफल भएको ब्यास गुफाको संरक्षणमा जुटिरहेका शान्ति स्वरूपा दामोदर बाबाले बताए । ब्यास गुफा परिसरमा २८ औँ अबतार सम्मका ब्यासका मुर्तिहरू राखिएका छन । १२ करोड २८ लाख ३३ हजार ७८ बर्ष यताका २८ ब्यासका मुर्तिहरू ब्यास गुफा परिसरमा राखिएको छ ।

सान्तिस्वरूपानन्द दामोदर बाबाका अनुसार ब्यासको जन्मभूमि लाई हिन्दुहरूको उद्गम थलो बनाउन यहाँका सन्तमहन्त हरू लागिरहेका छन । अहिले महर्षि बेदब्यासले तपस्या गर्ने ध्यान गुफा र ज्ञान गुफाको अवलोकन गर्ने पर्यटकहरू को सँख्या बढ्दो छ ।

बेद अनुयायी प्रतिस्ठानका अध्यक्ष कृष्ण कान्त काफ्लेका अनुसार यश क्षेत्रको भ्रमणमा भारत बाट आउने पर्यटकको सँख्या पछिल्लो समय ह्वात्तै बढेको छ । यहाँ आउने , यहाँको बारेमा जान्ने बुज्ने र फोटो खिच्ने पर्यटकहरू को सँख्यामा पछिल्लो समयमा बृद्दि भएको छ ।

वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा एक महीने विश्व ओमकार तथा हिन्दू महामिलन पर्व समेत लगाइसकिएको छ ।१८ पुराणका रचयिता वेदव्यासको जन्मस्थलको उचित प्रचारप्रसार हुन नसकेकोले यसको प्रचारका लागि भन्दै महामिलन पर्वको आयोजना गरिएको हो ।

“व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक र ऐतिहासिक दृष्टिले परिचित गराउन तथा धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन महामिलन पर्व जस्ता कार्यक्रमले ठुलो टेवा मिल्ने दामोदर बाबाले बताए । यहाँ जानकाे लागि पृथ्वीराजमार्ग देखी दक्षिणमा पर्ने  दमौली बजारको बीच भाग भएर करिब ७५० मिटर गएपछि पुग्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर