औषधीमा स्वदेशी उत्पादनलाई जोड, २५ अर्ब लगानीसँगै ४५ प्रतिशत आपूर्ती 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार  
औषधीमा स्वदेशी उत्पादनलाई जोड, २५ अर्ब लगानीसँगै ४५ प्रतिशत आपूर्ती 

काठमाडौँ । नेपालमै पर्याप्त उत्पादन हुने औषधी विदेशबाट आयात भइरहँदा औषधी उत्पादन गरी आत्मानिर्भर हुने नीति कार्यान्वयनमा समस्या देखिएको छ ।

सरकारले स्वदेशमा उत्पान हुने औषधीको आयातमा रोक लगाइ आत्मानिर्भर हुने निति लिएको छ तर नीति कार्यान्वय नहुँदा औषधी उत्पादनका क्षेत्रमा भएको २५ अर्ब रुपैयाँ जोखिममा परेको छ । सरकार गत वर्षको बजेट वक्तव्यमा नेपाललाई औषधी उत्पादनको क्षेत्रमा आत्मानिर्भर बनाउँदै लैजाने उल्लेख गरेको थियो ।

समृद्ध नेपाल निर्माणमा सरकारले औषधी उत्पादन क्षेत्रमा लिएको नितिले नेपालमा औषधी उत्पादन गर्दै आएका उद्योगी खुसी भएका थिए । तर सरकारको यो निति कार्यान्वयन हुन नसकेको औषधी उत्पादकहरुको गुणासो छ ।

नेपाल औषधी उत्पाद संघका अध्यक्ष दीपकप्रसाद दाहालले भन्नुभयो, ‘स्वदेशी औषधी प्रवद्धन नगर्दा यस क्षेत्रमा रहेको ठूलो लगानी जोखिममा छ ।’ नेपालमा सञ्चालित ५५ वटा औषधी कम्पनीमा २५ अर्ब रुपियाँ लगानी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङगेलले लेखेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार