प्रचण्ड पुत्र स्वर्गिय प्रकाश दाहालको नाममा विदेशी खातामा पैसा नरहेको पुष्टि

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार  
प्रचण्ड पुत्र स्वर्गिय प्रकाश दाहालको नाममा विदेशी खातामा पैसा नरहेको पुष्टि

काठमाडौँ । स्वर्गिय छोरा प्रकाश दाहालको नाममा कुनै विदेशी खातामा पैसा नरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुष्टि गरेका छन् ।

पछिल्लो समय केही अनालाईन मिडियाहरुमा स्वर्गिय प्रकाश दाहालको विदेशी बैक खातामा पैसा रहेको भन्ने भ्रामक समाचारहरु आएपछि समाचारको खण्डन गर्दै नेकपा अध्यक्ष प्रचण्ड का प्रमुख स्वकिय सचिव जोखबहादुर महराले एक प्रेस नोट सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्, ‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं। परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं।

यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं। हृद्दयघातका कारण गत निर्वाचनको तयारीका दौरान दाहालका एक मात्र पुत्र प्रकास दाहालको निधन भएको थियो ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार