सुनको मूल्यले फेरि तोड्यो अर्को रेर्कड तोलामा ७१ हजार पुग्यो

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार  
सुनको मूल्यले फेरि तोड्यो अर्को रेर्कड तोलामा ७१ हजार पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो ।

नेपाली बजारमा यो मूल्य अहिलेसम्मकै उच्च भएको बताइएको छ। आज तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ८ सय ३५ मा कारोबार भएको छ ।

अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर