मुस्ताङको स्याउ फालेर काश्मिरी स्याउ खोज्ने प्रवृत्ति नत्यागे मानव जीवनमा ठूलो संकट आउँछ : मन्त्री बाँस्कोटा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार  
मुस्ताङको स्याउ फालेर काश्मिरी स्याउ खोज्ने प्रवृत्ति नत्यागे मानव जीवनमा ठूलो संकट आउँछ : मन्त्री बाँस्कोटा

 

काठमाडौँ ।  मुस्ताङको स्याऊ फालेर काश्मिरी स्याउ खोज्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूलमा आत्मानिर्भर हुनुपर्नेमा जोड दिँदै सडकको दायाँबायाँ पनि फलफूलका बिरुवा रोप्न सकिने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

मानवकै कारण मानिस डाइनोसर जस्तै लोप हुने अवस्थामा पुगेकाले वातावारण स्वच्छ राख्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । उनले भने,  ‘ठूला औद्योगिकरणको प्रत्यक्ष असर हिमाललाई परिरहेको छ, वातावरण प्रदूषण बढिरहेको छ, अब मानिस डाइनोसर हुने कि नहुने ?

वातावरण जोगाउने, हिमाल जोगाउनु मानव हितकै लागि भएकाले बोटविरुवा रोपेर स्वच्छ वातावरण निर्माण गर्नु  सबैको दायित्व भएकाले यस्तो अभियानमा नलागे मानव जीवनमा ठूलो संकट आउने बताए । ठूला औद्योगिकरणको असरले हिमाल पग्लिएर नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलाईसमेत निकै असर गरिसकेकाले सबै मिलेर वातावरण जोगाउन अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

मानिसमा आफु गल्ती गर्ने र  सरकारलाई दोष दिने प्रवृत्ति बढ्दै गएकाले आफु सचेत हुनुपर्ने औल्याए । मानिस आफ्नो घरको फोहर बाटोमा ल्याएर फाल्छ, अनि फोहर भो भनेर सरकारलाई गाली गर्छ, यस्तो प्रवृत्तिबाट अब मानिस माथि उठ्नु पर्ने मन्त्री बाँस्कोटाको भनाई छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार