बाढी पहिरोको कारण बैँकको ब्याज र किस्ता तिर्ने अवधि १५ दिन थपियो

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असार ३१, मङ्गलबार  
बाढी पहिरोको कारण बैँकको ब्याज र किस्ता तिर्ने अवधि १५ दिन थपियो

काठमाडौँ । नेपाल राष्ट्र बैँकले सावाँ र ब्याजको किस्ता तिर्ने म्याद १५ दिनको लागि थप गरेको छ । 
मौसम परिवर्तन भएसँगै आएको बाढी पहिरो जस्ता विपद्को कारण १५ दिनको म्याद थप गरिएको राष्ट्र बैँकले जानकारी दिएको छ ।

बाढी पहिरोको कारण साँवा र ब्याजको किस्ता रकम भुक्तानीमा समस्या आएको हुन सक्ने भएकाले असार मसान्तसम्ममा तिर्नुपर्ने किस्ता रकम साउन १५ सम्म तिर्न सकिने र त्यसलाई बैँकहरुले नियमकारी कोषमा जम्मा गर्नु नपर्ने व्यवस्था गरेको छ ।

यस्तै केन्द्रीय बैँकले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम नियमनकारी कोषमा जम्मा गर्नु नपर्ने व्यस्थालाई आर्थिक वर्षको समापनलाई मध्यनजर गर्दै १ महिना बनाएको सर्कुलरमा उल्लेख छ।

अहिलेको व्यवस्थामा आर्थिक वर्ष सकिएको १५ दिनसम्म बैँकको ब्याज तिर्दा बैँकहरुले अघिल्लो वर्ष तिरेको समेतगरी मिलाउने छुट थियो। अब १ महिनासम्म प्राप्त भएको ब्याजलाई त्यसरी मिलाउन पाउनेछन्। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर