पत्रकार रबी लामिछाने पक्राउ परेपछि चितवनमा यसरी उर्लिए जनसागर (तस्वीर सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन ३१, शुक्रबार  
पत्रकार रबी लामिछाने पक्राउ परेपछि चितवनमा यसरी उर्लिए जनसागर (तस्वीर सहित)

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको  आत्माहत्या प्रकरणलाई लिएर  सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रबी लामिछाने पक्राउ परेपछि उनका सर्मथकहरुले चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा नारा बाजी गरेका छन् ।

पुडासैनीको मृत्युबारे सत्यतथ्य छानबिन होस् तर निर्दोष व्यक्तिलाई रिहा गरियोस भनेर रबीका सर्मथकहरु नाराबाजी गरिरहेका छन् ।

आत्माहत्या गरेका भनिएका पत्रकार पुडासैनीले रेकर्ड गरेको अन्तिम भिडियो सार्वजनिक भएपछि  उनले नाम लिएका रबी लामिछाने, युवराज कँडेल र मृतक पुडासैनीकी प्रेमीका ओखलढुंगाकी रुकु भनिने अस्मीता कार्कीलाई बिहीबार प्रहरीले  अनुसन्धानको लागि पक्राउ गरेर चितवन पुर्याइएको थियो । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर