घरायसी प्रयोजनमा विद्युत खपत बढाउन कुलमानको आग्रह

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १, आइतबार  
घरायसी प्रयोजनमा विद्युत खपत बढाउन कुलमानको आग्रह

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादन पक्रिया बढ्दो क्रममा रहेकाले घरायासी प्रयोजनमा विद्युत खपत बढाउन उपभोक्तालाई आग्रह गरेका छन् ।

वर्षभरि विद्युत उत्पादन एकनासको नरहने भएकाले छिट्टै उपभोक्ताहरुले सहजै एलपि ग्यास छोडेर विद्युत उत्पादनमा केन्द्रित हुन  केही समय लाग्ने विज्ञहरुले बताएका छन् । उपभोक्ताले आफ्नो भान्सामा विद्युतीय उपकरण जोड्न सक्ने अवस्था नरहेको जलस्रोत विश्लेषक रत्नसंसार श्रेष्ठले बताए । उनी भन्छन्, ‘अहिले वर्षाको भेलको कारण विद्युत उत्पादन बढेको हो ।

सधै यहि अवस्था रहँदैन् । हिउँदमा सुख्खायाम सुरु भएपछि विद्युत उत्पादन घट्छ । त्यो बेला अहिलेको जस्तै विद्युत पुर्याउन कठिन हुन्छ । सामान्यतया देशमा १३ सय मेघावट विजुली भए पुग्छ ।  अहिलेको अवस्थामा त्यसै अनुसार विद्युत उत्पादन भएकाले लोडसेडिङ हुने अवस्था छैन् ।’
यो सबै बिजुली नेपालमा उत्पादन भएको भने होइन् ।

६३ प्रतिशत बिद्युत निजी क्षेत्रको आयोजनामा भएको हो । बाँकी ३७ प्रतिशत भारतबाट आयात  गरिएको छ । नेपाल र भारतबाट सहज विजुली उत्पादन गर्न सक्ने अवस्था सिर्जना भएकाले अहिले उपभोक्तालाई बिजुलीको खपत बढाउन  भन्न सक्ने अवस्था सिर्जना भएको  प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए ।

उनको अनुसार  ग्यासमा भन्दा बिजुलीमा प्रतिदिन ३ रुपैयाँ कम पर्ने भएकाले उपभोक्तालाई ग्यास भन्दा बिजुली प्रयोग गर्नु सस्तो पर्ने न्यौपानेले बताए । बिजुलीको प्रयोग बढी भएकाले बर्षेनी प्रेटोलियम पदार्थको उत्पादन घट्दै गएको निगमका प्रवक्ता वीरेन्द्र गोइत बताउँछन् ।

विगतको तुलनामा एलपी ग्यास नेपालमा २.५ प्रतिशत हिस्सा ओगट्न थालिसकेको कारण विद्युत खपत बढेपछि ग्यास आयात कम हुनसक्ने विज्ञहरु बताउँछन् ।  हरेक कामको लागि निकै महत्वपूर्ण रहेको बिजली आपूर्ती अविरल हुने हो भने घर र भान्सामा विद्युतीय उपकरणको प्रयोग बढ्ने सम्भावना बढ्ने देखिएको छ ।

बिजुली उत्पादन निरन्तर यही रफ्तारमा जाने हो भने प्राय अधिकांश उपभोक्तको भान्सामा इन्डक्सन चुलोको प्रयोग बढी हुने गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले बताइन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर