मिटर व्याजी व्यापारी विरुद्ध कलाकारको आक्रोस, गैरकानुनी रुपमा झुक्याएर ठगी गरेको आरोप

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १, आइतबार  
मिटर व्याजी व्यापारी विरुद्ध कलाकारको आक्रोस, गैरकानुनी रुपमा  झुक्याएर ठगी गरेको आरोप

काठमाडौँ । मिटर व्याजी व्यापारीहरुले विभिन्न बाहना बनाएर करोडौँ अपचलन गर्ने गरेको कलाकारहरुको आरोपप छ । त्यसै सन्दर्भमा पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले मिटर व्याजी नियमको पालना गरेर ठगेको आरोप लगाएका छन् ।

गायक रामकृष्ण ढकाल, अभिभावक संघका अध्यक्षसमेत रहेका जग्गा व्यापारी केशव पुरी, रविन्द्र थापा, लेखनाथ पौडेलले पत्रकार सम्मेलन गरेर लालीगुँरासले पटक पटक ठगी गरेको आरोप लगाए ।
आफुहरुलाई झुक्याएर गैरकानुनी रुपमा धितो लिलाम गर्ने भेट्न नमान्ने विवरण उपलब्ध गराउन नमान्ने गरेको आरोप लगाएका छन् ।

उनीहरुले लालिगुँरास सहकारीबाट साच्चै पिडित भएको दाबी गरेका छन् । शुक्रबार यसै विषयमा गरिएको पत्रकार सम्मेलनमा कलाकार न्यू बज्राचार्या, निर्मल शर्मा, संदीप क्षेत्री सहभागी रहेका थिए । 
शितल खत्री, रविन्द्र थापा, योगेन्द्र सिलवाल, केशव पुरीलगायतका दर्जनौ पीडितहरुले आफूलाई लालीगुराँसका कार्यकारी निर्देशक भण्डारीले आफुहरुलाई घर न घाटको बनाएको र यस विषयमा केही वर्ष अगाडी नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) मा उजुरी दर्ता गराएका बताए ।

श्री लालीगुराँस सहकारी मार्फत ऋणीहरुलाई २१ प्रतिशत ब्याज र २० प्रतिशत पेनाल्टीको नाममा ‘मिटर ब्याज’ धन्दा नै चलाउने गरिएको पिडितहरुले बताए । रकम तिर्न नसक्ने सर्वसाधरण ऋणीको बहुमुल्य जग्गा लिलामी प्रक्रियामा लाने र लिलामी सकार्न भने आफ्नै श्रीमतीको कम्पनी खडा गरिएको उनीहरुले बताए । 

भण्डारीको श्रीमतीको स्वामित्वमा रहेको प्रीसा इन्भेष्टमेन्ट एण्ड ट्रेन्डिङ कम्पनीले सहकारीबाट लिलामी गरिएका बहुमुल्य सम्पत्ति कम मुल्यांकनमा सकार्दै आएको तथ्य भेटिएको छ । कम्पनीले नै सहकारीले सञ्चालन गरेको डेरी फार्मको जग्गा खरिद गरी सहकारीलाई भाडामा दिएको समेत खुलेको छ ।

प्रीसा इन्भेष्टमेन्टलाई सन् २०१३ र १४ मा चार करोड ७८ लाख र ७१ लाख ५० हजार गरी ५ करोड ४९ लाख ५० हजार ऋण दिइएको देखिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा रियल स्टेट र घर भाडासम्बन्धि काम गर्ने शिर्षकमा अनुमति लिएको देखिन्छ । 

एग्रिकल्चर प्रोजेक्टका नाममा एकै साथ करोडौं रकम निकालिएको रेकर्ड यसअघि नै सार्वजनिक भइसकेको छ । श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरको नाममा सन् २०१२ मे ५ मा कृषि प्रोजेक्टको नाममा १५ करोड ९२ लाख ७९ हजार २ सय ८९ रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ ।

१५ करोडको लगानी भएको संस्थाको भौतीक संरचना वा लगानी भने देखिएको छैन् । यतिको रकम निकाल्दा पनि ब्याजदर भने शून्य जस्तै रहेको  छ । श्री लालीगुराँस डेरी प्रोसेसनको नाममा ७९ हजार ४ सय ४४ रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ । जग्गा खरिदमा भण्डारीले करोडौँ रकम खाएको  उक्त सहकारीका कर्मचारीहरुले आरोप लगाएका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर